पाँचथर । नेकपा माओबादी केन्द्रका पोलिटब्योरो सदस्य तथा प्रदेश नम्बर एकका आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबो‘मौषम’ले पाँचथर प्रदेश ‘ख’ बाट प्रदेश सदस्यमा मनोनयन दर्ता गराएका छन् ।
आइतबार दिउँसो आफैं उपस्थित भएर उनले प्रदेश सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
उनि पाँचथर जिल्ला प्रदेश ‘ख’ का निर्वतमान प्रदेश सदस्य समेत हुन् । अघिल्लो निर्वाचन पनि आङबो पाँचथर क्षेत्र नम्बर ‘ख’ बाटै उम्मेदवार बनेका थिए । उनले कांग्रेसका सुरेन्द्र दहाललाई फराकिलो मतले हराउदै सांसद भएका थिए ।