पाँचथर । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बसन्त नेम्बाङले पाँचथरबाट मनोनयन दर्ता गराएका छन् ।
आइतबार दिउँसो आफैं उपस्थित भएर उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनि पाँचथर जिल्लाका निर्वतमान सांदि समेत हुन् ।
अघिल्लो निर्वाचन पनि नेम्बाङ पाँचथर बाटै उम्मेदवार बनेका थिए । उनले कांग्रेसका भिष्मराज आङदेम्बेलाई फराकिलो मतले हराउदै सांसद भएका थिए । उनि केपि ओली प्रधानमन्त्री भएको बेला भैतिक निर्माण तथा यातायात्र मन्त्रि समेत भएका थिए ।