पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले पाँचथरबाट मनोनयन दर्ता गराएका छन् । आइतबार दिउँसो आफैं उपस्थित भएर उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
यो क्षेत्रमा नेकपा एमालेले बसन्तकुमार नेम्बाङलाई अघि सारेको छ । अघिल्लो निर्वाचन पनि आङदेम्बे पाँचथर बाटै उम्मेदवार बनेका थिए । तर एमालेका उम्मेदवार बसन्तकुमार नेम्बाङसँग पराजित भएका थिए ।