विराटनगर । प्रदेश १ का ५६ मध्ये १७ वटा प्रदेशसभा क्षेत्र भागमा पाएको माओवादी केन्द्रले लगभग सबै उम्मेदवार टुङ्गो लगाएको छ ।
सत्तारुढ गठबन्धनमा भागवण्डा गर्दा माओवादीले प्रदेशमा १७ वटा प्रत्यक्ष तर्फ सिट पाएको छ । ती मध्ये अधिकांशमा माओवादीले उम्मेदवार टुंगो लगाएको हो ।
पाँचथरको प्रदेशसभा २ बाट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो उम्मेदवार बन्ने भएका छन् ।
झापा ३ को ख बाट निवर्तमान सांसद पूर्णसिंह राजवंशीको नाम टुङ्गो लागेको छ । झापा ४ को क बाट प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी, झापा ५ को ख बाट गगन पुरीको नाम फाइनल भएको छ ।
मोरङ १ को क बाट कुलप्रसाद साम्बा, मोरङ २ को क बाट गणेश उप्रेती, मोरङ ६ को क बाट जीवन आचार्यको नाम फाइनल भएको छ ।
सुनसरी २ को क बाट इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरी, सुनसरी ३ को क बाट प्रदेशकी उपसभामुख सरस्वती पोखरेल, धनकुटा प्रदेशसभा २ बाट कुशुमकुमारी श्रेष्ठ र तेह्रथुम प्रदेशसभा २ बाट दुर्गा चापागाईंको टिकट फाइनल भएको छ ।
उदयपुर १ को कबाट नारायण बुर्जा मगर र उदयपुर २ को क बाट राजन किरातीले टिकट पाएका छन् ।
इलाम २ को ख, झापा १ को ख, संखुवासभा १ र ओखलढुंगा २ र सोलुखुम्बुको प्रदेशसभा तर्फको टिकट फाइनल नभएको माओवादी केन्द्र प्रदेश कमिटीले जनाएको छ ।