पाँचथर ।नेकपा एमालेको प्रदेश १ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुंगो लगाएको छ । झापामा राप्रपाका लागि प्रतिनिधिसभाको एक र प्रदेशसभाको २ सिट छाडेको एमालेले मोरङ र सुनसरीमा भने जनता समाजवादी पार्टीलाई केही सिट छाडेको छ । बाँकी सबै सिटमा उम्मेदवार तोकेको छ ।
पाँचथरमा प्रतिनिधि सभामा बसन्त नेम्बाङ उम्मेद्वार बन्ने.भएका छन् । प्रदेश सभा तर्फ प्रदेश ‘क’ मा जिल्ला अध्यक्ष राजकुमार भणडारी र ‘ ख’ मा केन्द्रिय सदस्य अइन्द्र सुन्दर नेम्बाङ टिकट दिइएको छ ।