एपी तोलाङ्ग ।
हरेक बर्ष आफन्त,इस्टमित्र साथीभाइ भेटगाट गरेर हर्ष उल्लासका साथरमाइलो गरेर दशैं पर्बमनाउथ्यौ। यो बर्ष भने केही साथीहरु मीलेर फरक तरीकाले दशैपर्ब मनाउने योजनाबनाइयो । जस अनुसार काठमान्डौ छोडेर हिमाली क्षेत्रको यात्रागर्ने तयारी गरीयो । हिमाली क्षेत्रमा चलेका टे्रकिंग रुट मध्ये स्कुल पढ्दा देखीगुन्जीएको नाम छोरोल्पाहिमतालको यात्रागर्ने निश्चीत गरीयो।
छोरोल्पा हिमताल दोलखा जिल्लमा रहेको छ । यो नेपालको सबै भन्दा ठुलो हिमतालहो । १५४ हेक्टर क्षेत्रफलमा फैलीएको यस हिमतालगौरीशँकर संरक्षित क्षेत्र अन्तर्गत पर्दछ । जुन समुद्र सतहबाट ४५८० मीटरको उचाइमा रहेको छ । २७० मिटर अधिक्तमगहिरो रहेको यस हिमतालको लम्बाइ ३.४५ किलोमिटर रहेको छ।
छोरोल्पाहिमतालसम्मयात्रागर्नको लागीपहिले काठमान्डौबाट चरीकोट हुदै छेतचेत सम्म बसबाट यात्रा गर्नु पर्दछ । दशैको माहोलमा हामीलार्इ लामो सँघस पछिबसको टीकट पाउनु ठुलोयुद्र जिते जस्तो भयो। बिहान सबेरै ५ बजे रत्नपार्कबाट बसको यात्रा शुरु गरीयो । बसमा भरीभराउ कोचाकाच भएता पनि सबैको अनुहारमा दशैकोहर्ष,उमन्ग र परिवार भेट्ने खुशीयाली देखीन्थ्यो । तामाकोशीको किनारै किनार रमणीय दृश्य हेर्दै साझपख छेतचेत पुगीयो। छोरोल्पाहिमतालको लागी पैदलयात्राभने छेतचेतबाट शुरु हुदछ । छेतचेतबाट छोरोल्पाहिमतालको लागी पैदलयात्रा शुरुगर्नुपहीले नै प्राकृतिककललाउदो झरनाहरुले स्वागतगर्दछन । छेतचेतबाट झोलुन्गे पुल तरेर २ घन्टा ठाडो खुड्किलो उकालो पछि रमणीय सिमीगाउँ पुगेम ।
डांडामा अवस्थित बाक्लो बस्ती सिमीगाँउ निकै रमाइलो थियो । सिमीगाँउमा साझको बिश्राम पछिबिहान सबेरै त्यहाबाट उतरतर्फ माथि हेर्दा चादीझै टल्कीरेको गौरीशंकर हिमालको पहिलो दर्शन पायौ । छोरोल्पा हिमतालयात्रामा हिमालको पहिलो दृश्यभएकोले बिहान चिया सँगै गौरीशंकर हिमालको केही दृश्यहरु क्यामारमा कैद गरी यात्रा अगी बड्न तिर लाग्यौ । खोलाको सुस्केरा अनि चराचुरुन्गीगुज्जन सँगै झरनाहरु ह्ेर्दैै सुरमुजेमाखानाको लागी बिश्राम गर्यौ । २।३ घन्टाको फरकमा होटेल तथा लजहरु भेटीन्थे जसले गर्दा हामीलाई केही समय आराम र खानपिनगर्दै हिड्न सहज भयो।
दोस्रो दिनको साझको बसाइ डोङगाङ होटेल तिर ब्यवस्था गरीयो । साझको खानामा केही फरक स्वादको अनुभब गर्न कोदो ढिडो भोजन गरीयो। भोलिपल्ट सबेरै डोङगाङको तात-तातो चियाले शरीर तताए पछि नागाँउसम्मको लागीयात्रा बडायौ । ठाँउ ठाँउ प्राकृतिक कललाउदो बगेका झरनाहरु,लाली गुराँसका बोटहरु,झालुन्गे पुलहरुको दृश्य क्यामारमा कैद गर्दै यात्रा अगी बड्दा लामो दुरीहरु सहजै कटी रहेका थिए। हाम्रा पाइलाहरु अगाडी बरदै जादाकती छीटै बेदिन्ग पुगेछम । नदीको किनारा रहेको बाक्लो बस्ती, गुम्बाहरुले बेदिन्गगाउको सौन्दयमाअझ सुन्दरता थपेको थीयो । बेदीन्गमा खानपीन पछि रोलवालीन्ग नदीको किनारै किनार नागाँउको लागीयात्रा बडायौ । बेडिन्गबाट नागाँउसम्मको टे्रल साना साना झरना, रन्गी बिरन्गी बनस्पतीबोट बिरुवाहरुले पहाडहरुको मानमोहक दृश्यमा अझशुन्दरता थपिरहेको थियो जुन उत्साहको कारणले हामीलाइ थकित महसुस हुन दिएन ।
साझ ५ बजे नै हामी नागाँउ पुग्यौ । चारै तिरहिमाले घेरीएको नागाँउ रोलवलिन्ग उपत्यकाको सुन्दर गाँउ हो ।मैदानहरुमा चौरीहरु चरी रहेकाथीए। ढुन्गाले बनेका शेर्पा समुदायका साना साना घरहरुको दृश्य हेर्न मनमोहक थीयो ।बिहान सबेरै सुर्यदयको किरण सँगै छोरोल्पा हिमतालको मनमोहक दृश्यक्यामरामा कैद गरने उधेश्य सहीत नागाँउमा चाडै बिश्राम लीयौ ।
तेस्रो दिनबिहान सबेरै ४ बजे नै टर्च लाइटको सहायताले अधेरोमा बाटो छिचोल्दै छोरोल्पा हिमतालतर्फ लाग्यौ । रोलवालीन्ग नदीको शुसेरा सँगै किनारै किनार अधेरोमा साना सान काठे पुलहरु पार गद्रै हिड्नु हाम्रो लागीअनौठौ रोमान्चकारी अनुभबभइ रहेको थीयो ।
लगभग २ घन्टाको उकालो यात्रा पछि हाम्रो प्रमुख गन्तब्य स्थल छोरोल्पा हिमतालपुग्न सफल भयौ । स्कुल पढ्दा गुन्जीएको नामआफ्नै आँखाले तीमनमोहक दृश्यहरु अनुभबगर्न पाउदा एक प्रकारको छुटै आन्नद आइरहेको थीयो । छोरोल्पा हिमतालको डीलमा बसेर मन्त्रमुग्ध पार्ने दृश्यहरु हेर्दा हामी अर्कै संसार आएको जस्तो अनुभब भइरहेको थीयो ।
हिमतालको चारै तिर चादीझै चम्किएका सेता हिमालहरु, शान्त रहेको ताल, उदाउदै गरेको सुर्यदयको सुनौलो किरणहरु हिमालहरु स्पर्श गर्दै थिए । तीमन्त्रमुग्ध पार्ने दृश्यहरु हेर्दा क्यामारमा कैद गर्नकेही समय अल्लमल्लमा परेका थीयौ । लगभग ४ घन्टाका ेछोरोल्पा हिमताल बसाइमा हामीले बिभीन्न कोणबाट छोरोल्पा हिमतालको मनमोहक दृश्यहरु, चम्किरहेका हिमशिखरहरु क्यामारमा कैद गर्ने प्रयास गर्यौ ।
हामीले साथमा लगेका खानेकुराहरु साथीहरुमा माझमा बाडेर मनमहोक दृश्यहरु हेर्दै खायौ । छोरोल्पा हिमतालको पानी ब्यवस्थीत रुपमा निकासको लागी ड्याम बनाइएको रहेछ । तेहाको सुचनाहरु प्रसार गर्न बिभीन्न उपकरणहरु जडान गरीएका थीए । ती सबै अवलोकन पछि छोरोल्पा हिमताललाई बिदाइगर्दै नागाँउतीर लाग्यौ । नागाँउमा खाजा खायौ र बाटो झर्दा ओरालो ओराले भएकोले यात्रा सजीलै साझकाबसाइ डोङगाङ होटेल तीर लाग्यौ ।
चौथो दिन डोङगाङमा बिहानचियाखा जानास्ता गरी काठमान्डौको लागीयात्रा तय गर्यौ । छैठौ दीन छोरोल्पा हिमताल सफल पैदलयात्रा गरी मनमोहक दृश्यहरु कैद गर्दै काठमान्डौको आइपुग्यौ।
फाेटाे :एपी तोलाङ्ग
Instagram: gorkhe1980 ,
TravellersNep