पाँचथर– १ नम्बर प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले समग्र विकासका लागि शिक्षा,स्वस्थ्य र यातायात मजबुद बनाउनु पर्ने कुरामा जोड दिएका छन्।
जिल्ला भ्रमणमा निस्किएका खापुङलाई स्वागत गर्दै फिदिम नगरपालिकाले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् । विकासको प्रमुख जग स्थानीय तह भएको बताएका खापुङले सबै मिलेर देश विकासमा जुट्नु पर्ने धारणा राखेका थिए ।
खापुङलाई पाँचथरका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सरकारी कर्मचारी, संघ संस्थाका प्रतिनिधिले स्वागत गरेका थिए । जिल्लाको अवस्थाको बारे प्रमुख जिल्ला अधिकारी गणेश गैरेले प्रकाश परेका थिए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बेले जिल्लामा सडक, अस्पताल, शिक्षा क्षेत्रको विकासका लागि प्रयास र्भइरहेको बताएका थिए ।
नगरउपप्रमुख राधाकृष्ण न्यौपानले स्वागत मन्तव्य राखेको कार्यक्रम नगरप्रमुख मित्र प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
विकासको जग स्थानिय तह : खापुङ
विकासको जग स्थानिय तह : खापुङ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस