कुमार खड्का (यासोक) । ऐतिहासिक शतासी मेला आजबाट सुरु हुँदै छ । पाँचथरको कुम्मायक गाउँपालिका २ माङजाबुङको चौथी बजारमा ऐतिहासिक शतासी मेला लाग्न् भएको हो ।
मेलामा विभिन्न खेल प्रतियोगिता, सास्कृतिक कार्यक्रम सहित मेला लाग्ने भएको मेला मुल आयोजक समितिका अध्यक्ष प्रबेश सेर्माले बताए ।
भदौ २७, २८ र २९ गतेसम्म शतासी मेला लाग्ने आयोजकले जनाएको छ । मेलामा खुल्ला नकआउट भलिवल प्रतियोगिता र साँकृतिक कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।
भलिवल प्रतियोगिताको प्रथमले नगद ५० हजार ५ रुपैयाँ ट्रफि मेडल र प्रमाण—पत्र प्राप्त गर्ने छन् । प्रथम पुरस्कार माङ्जाबुङ निवासी हाल कोरियामा रहेका गजेन्द्र सेर्माले प्रायोजक गरेका हुन् । त्यस्तै दास्रो हुने टीमले ३० हजार ३ रुपैयाँ ट्रफि मेडल र प्रमाण—पत्र प्राप्त गर्ने छन । दोस्रो पुरस्कार सुम्हालुङ युवा समूह प्रवास समिती दक्षिण कोरियाले प्रायोजक गरेको खेल संयोजक कुमार सेर्माले जनकारी दिए ।
त्यसै गरी सोही अवसरमा शतासी मेला प्रथम खुल्ला व्याडमिन्टन प्रतियोगिता समेत संचालन हुने भएको छ ।
।
प्रतियोगिताको प्रथमले नगद १५ हजार ५ सय ५५ र दोस्रो हुने टिमले ८ हजार ८ सय ८८ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण—पत्र प्राप्त गर्ने ब्याडमिन्टन खेल संयोजक अनिल लावतीले बताए ।