धरान । ६० जनाभन्दा बढी जुवाडे जुवा खेल्दै हुन्छन् । दुई जना सिबिल प्रहरी जुवा स्थल पुग्छन् । सिविल प्रहरी देखेर जुवाडे भाग्छन । यो सुन्दा जो कोहि लाई बिश्वास नलाग्न सक्छ तर प्रहरीले सबै भागेको दाबी गरेको छ ।
जुवा तास खेल्नु अपराध हो तर यहि अपराधमा प्रहरीले साथ दिइरहेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका १ स्थित जनक मास्केको सुंगुर फर्ममा
बुधबार बेलुका लाखौँ रुपैयाँसहित पक्राउ परेका जुवाडेलाई बिना कारबाही छोडिएपछि इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकमाथि प्रश्न उठाइएको छ ।
बुधबार ३ बजेदेखि मास्केको सुंगुर फर्ममा जुवाडेहरूले कौडा खेल्न सुरु गरेका थिए । जुवा खेलिरहेका बेला प्रहरी ६ बजेको समयमा जुवा खालामा पुगेको थियो । प्रहरी पुग्दा जुवा खालमा करिब ७० लाखभन्दा बढी रकम बोकेका जुवाडेहरू थिए । (नाम नबताउने प्रहरी स्रोत)
(६ वटा कार र ३० भन्दा बढी मोटरसाइकल लिएर जुवाडेहरू मास्केको सुंगुर फर्ममा पुगेका थिए । जुवा खालमा ४ जना प्रहरी पुगेपछि ‘पैसाको बार्गेनिङ’ भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरी पुग्ना साथ जुवा खेलिरहेका कुमार केसी र जनक मास्के र सुजितकुमार माझीले प्रहरीलाई मोटो रकम दिने भएपछि जुवाडेलाई पक्राउ नगरी छाडिएको स्रोतको भनाइ छ । प्रदेश प्रहरी ब्युरोका प्रहरीको समेत मिलेमतो रहेको आशंका गरिएको छ ।
जुवा खेल्न उर्लाबारीबाट अर्जुनकुमार तुम्रोकसहित १० जना, बिर्तामोडका मोहन उप्रेती, अशोक बराल, डिके चाम्लिङ, विराटनगरबाट कुमार केसीलगायत १२ जना, मोरङ तेतरियाबाट सुजितकुमार माझी, सुन्दरहरैचाका जनक मास्के, सुनसरी बर्जू गाउँपालिकाका देवनारायण चौधरीसहित ७ जना, दमकका कर्ण राईलगायतका ६ जना गरी ६० भन्दा बढी जुवा खेलिरहेका थिए ।न्युजलय डटकमबाट
मंगलबारेस्थित तुम्रोकको घर, मास्केको सुन्दरहरैचास्थित सुंगुर फर्म र तेतरियाको सुजितकुमार माझीको घरमा जुवा खेल्न गरेको र बिशेष ब्यूरोका प्रहरी निरिक्षक बबिन्द्र नेम्वाङले मातहतका प्रहरी प्रमुख मोरङ एसपी शान्तिराज कोइराला सम्म सेटिङ गर्ने गरेको र प्रत्येक महिनाको २८ गते मासिक १२ लाख रुपैया बुझाउने गरेको छन् । पूर्वेली न्युज
इलाका प्रहरी कार्यालय बेलवारीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले जुवा खालबाट ७० हजार रपैयाँ नगद र एउटा कौडा बरामद गरिएको केन्जो खबरलाई बताएका छन् । उनले भने ६ वटा कार र मोटरसाइकल हामीले देखेनौ, २ जना सिविल प्रहरी गएका हुन् , ९० लाख बरामत गरेको होइन । झर्केर उनले भने “थप जान्नु छ भने मोरङ प्रवक्तालाई सोध्नु । जुवा खालमा पुग्न साथ सबै जुवाडे भागेकाले पक्राउ गर्न नसकिएको बताएका छन् । उनले भने जुवा खेलाएकालाई मुद्दा दर्ता गराएका छौ । जुवाडेपनी पक्राउ पर्नेछन्।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले फैलिएका सबै कुरा तथ्य होइनन् । सुराकिको आधारमा प्रहरी पुग्दा जुवाडे भागेका हुन् । यदि प्रहरीको मिलेमतो रहेछ भने यस विषयमा तत्काल छानबिन सुरु गर्ने केन्जो खबरलाई बताएका छन् ।