पाँचथर– नेपाली काग्रेसका सह–महामन्त्री भिष्मराज आङदेम्बेले प्रदेश सभा तर्फ पाँचथरमा ‘क’ नेपाली कांग्रेसको शसक्त दाबि रहेको बताएका छन् ।
संगठानीक संरचना, पार्टिको संवेदनशीलताका हिसाबले यो क्षेत्र महत्पूर्ण भएकोले प्रदेशको पाँचथर कमा काग्रेसले टिकट लिनै पर्ने अवस्था रहेको आङदेम्बे बताएका हुन् ।
उक्त क्षेत्रमा नेकपा माआवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टीले दाबि गरिहेको चर्चा चलिरहेका बेला सहमहामन्त्री आङदेम्बेले यस्तो बताएका हुन् ।
‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत पाँचथर सदरमुकाम फिदिममा आयोजित पत्रकार सम्मेलनमा आङदेम्बेले यस्तो बताएका हुन् । आफू भने प्रतिनिधि सभाको उम्मेद्वार हुने आङदेम्बेले बताएका थिए । ‘प्रतिनिधि सभामा मेरो विषयमा साथीहरुमा कुनै विवाद छैन् । गठबन्धले कस्तो निर्णय गर्छ । चुनव लड्दा म प्रतिनिधि सभामानै लड्छु’ आङदेम्बेले भने ‘सिटबाँफाडको बिषय चाडै मिल्नेछ । यो अभियान मार्फत गठबन्धलाई थप कसीलो बनाउन सजिलो हुने छ ।’
गठबन्धनमा संघिय सासदमा १ सय सिटको दाबि कायमै रहेको उनले बताएका थिए ।
अघिल्लो प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मत र पछिल्लो स्थानीय तहको निर्वाचनको मतका आधारको यतिको सिटमा काग्रेसको दाबि रहेको उनको भनाई थियो ।