पाँचथर– पाँचथरको हिलिहाङ–७ मा एक जना व्याक्ति मृत फेला परेका छन् । कुम्मायक गाँउपालीकाको रानीगाँउमा घर भई सदरमुकाम फिदिमको अस्पताल चोकमा होटल व्यवसाय गर्ने नरेन्द्र चापागाँई मृत फेला परेका हुन् ।
तमोर कोरीडर सडक अन्तर्गत खाल्लेखोला छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
चापागाँई सडकबाट केहि मिटर मुनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपि राकेश थापाले जानकारी दिए । मोटरसाईकल बाटोमा लडिरहेको अवस्थामा फेला परेको थियो ।
सोहि ठाँउ नजिकै असारको पहिलो साता हिलिहाङ–४ का रमेस योङयापनि भिरमा अड्कीएको अवस्थामा फेला परेका थिए । उनको पनि मृत्यु भएको थियो । योङयाको मोटरसाईकल सडकमै थियो भने सडक भन्दा मुनी फेला परेका थिए ।
चापागाँई भालुचोक बजारबाट सो बाटो प्रयोग गरी फिदिम तर्फ आईरहेको बुझिएको छ । उनी घर नआईपुगेपछि सोधि खोजी भएको थियो । खोज्ने क्रममा लडेको अवस्थामा मोटरसाईकल भेटिएको थियो भने उनको शव सडकभन्दा करिव १ सय मिटर सडक मुनी थियो ।
पोष्टमार्टमाका लागि शव फिदिम ल्याइएको छ । थप अनुसन्धान भईरहेको डिएसपि थापाले बताए ।