पाँचथर– पूर्वी पहाडी जिल्लालाई प्रदेश राजधानी, सुविधासम्पन्न सहर र तराईको यात्रा छोट्याएको तमोर कोरीडाेर सडक कालोपत्रे हुने भएको छ । चतरा–मुलघाट–सुभाङखोला–गणेश चोक सडक अन्गर्तत गणेशचोक–मुलघाट सडक कालोपत्रे गर्नका लागि ठेक्का खुलेको आयोजना प्रमुख कुवेर नेपालीलले जानकारी दिए ।
नेपालीका अनुसार १ सय १० किलोमीटर सडक कालोपत्रे गर्नकालागि ठेक्का खुलेको हो । एक महिना सम्ममा ठेक्का हाल्न मिल्ने गरी दुई खण्डमा कालोपत्रे गर्ने ठेक्का खुलेको उनले जानकारी दिए । करिव ५ अर्ब ६७ करोडमा ठेक्का खुलेको हो ।
आर्थिक र रणनैतिक महत्वको यो सडक कालोपत्रे हुने भएपछि यो क्षेत्रका बासिन्दा उत्साहित भएका छन् ।अहिले मुलघाटदेखि भेडेटारहुँदै धरान जाने सडक मुख्य रुपमा प्रयोगमा आएको छ ।
ग्राबेल स्तरको सडक बनेसँगै तराई र अन्य जिल्ला जान छिटो सडकको रुपमा प्रयोगमा आईरहेको थियो । नेपालकै नुमना सडक बनाउने गरी ठेक्का खुलेको नेपालीले बताए ।
ठेक्का खुलेसँगै समाजिक सञ्जालमा खुसि छाएको देखिन्छ । आसपाल प्रविधिको कालोपत्रे गर्ने गरि ठेक्का खुलाईएको छ । यो खण्डमा पर्ने ८ वटा पुलमध्ये ७ वटाको ठेक्का लागि सकेको छ ।
चतरादेखि गणेशचोक १ सय ५८ किलोमीटर सडक मध्ये मुलघाटदेखि गणेश चोकसम्मको १ सय १० किलोमीटर सडक कालोपत्रे हुन लागेको हो । पाँचथरको सुभाङखोलादेखि तमोर कोरीडर नेपाल चिन सिमाना टिप्लतासम्मका जान्छ । यो सडक उत्तर–दक्षिण जोड्ने छोटो सडक मानिन्छ ।