पाँचथर– पाँचथरका स्थानीय तहमा बेरुजुको चाङ देखिएको छ । बुधवार सार्वजनिक महालेखापरीक्षककको ५९ औँ प्रतिवेदन अनुसार पाँचथरका स्थानीइ तहमा आर्थिक बर्ष २०७७÷०७८ सालमा ३३ करोड ५४ लाख ४१ हजार बेरुजु देखिएको छ ।
सबैभन्दा धेरै बेरुजु फिदिम नगरपालीकामा देखिएको छ । ७ दशमलव ७२ प्रतिशत बेरुजु फिदिम नगरपालीकामा देखिएको छ । २ अर्ब २ करोड २३ लाख ६ हजारको रुपैँया बजेटको लेखापरिक्षण गर्दा १५ करोड ६६ लाख ६ हजार बेरुजु देखिएको छ ।
मिक्लाजुङ गाँउपालीकामा ६ करोड ९१ लाख ८२ हजार बेरुजु देखिएको छ । १ अर्ब २२ करोड ३६ लाख २८ हजारको लेखापरिक्षण गर्दा ५ दशमलव ६५ प्रतिशत बेरुजु देखिएको हो । यस्तै फालेलुङ गाँउपालीका ५ करोड ६४ लाख ३६ हजार बेरुजु देखिएको छ । १ अर्ब ८ करोड ६१ लाख ६५ हजार बजेटको लेखापरिक्षण गर्दा ५ दशमलव २० प्रतिशत बेरुजु देखिएको हो । यस्तै फाल्गुनन्द गाँउपालीकाको ४ करोड १४ लाख ९ हजार बेरुजु देखिएको छ । १ अर्ब १३ करोड ९२ लाख ६२ हजार बजेटको लेखापरिक्षण गर्दा ३ दशमलव ५२ प्रतिशत बेरुजु देखिएको हो ।
हिलिहाङ गाँउपालीकामा ७८ लाख ९३ हजार बेरुजु देखिएको छ । १ अर्ब १ करोड २४ लाख २६ हजार बजेटको लेखा परिक्षण गरिएको थियो । कुम्मायक गाँउपालीकामा ३८ लाख ७० हजार बेरुजु देखिएको छ । तुम्बेवामा १० लाख ७६ हजार, याङवरक गाँउपालीकामा २ लाख २९ हजार बेरुजु देखिएको हो ।