केन्जो खबर,
पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाले प्रदान गर्ने स्वतन्त्रता सेनानी सम्मानबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष धमेन्द्र झालाई नेपाल पत्रकार महासंघ शाखा पाँचथरले स्वतन्त्रता सेनानी पुरस्कारबाट सम्मान गरेको छ ।
सम्मान तथा पुरस्कार अर्पण कार्यक्रमको आयोजना गरि शाखाले झा लाई सम्मान गरेको हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रका लागि पत्रकारिताको माध्यमबाट अनवर लागिरहेका झालाई शाखाले स्वतन्त्रता सेनानी सम्मानबाट सम्मान दिएको हो । उत्त सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बे, फिदिम नगरपालीकाका मेयर मित्रप्रसाद काफ्ले लगायतले झालाई सम्मान प्रदान गरेका थिए । सोहि सम्मानका साथ ३३ हजार ३ सय ३३ रुपैँया नगद सहित झालाई पुरस्कृत गरीएको थियो ।
नेपाल पत्रकार महासंघ शाखा पाँचथरले यस अघि पुर्व अध्यक्षहरु, हरिहर बिरही, बिष्णु निष्टुरी ९ घिमिरे०, शिव गाउँले, किशोर नेपाल,तारानाथ दाहाल, हरिहर बिरहि र महेन्द्र बिष्टलाई सम्मान गरिसकेको छ ।
सोही समारोहमा फिदिम स्र्पोटिङ क्लबले पत्रकार महासंघ पाँचथर शाखाको समन्वयमा प्रदान गर्ने स्व। प्रजापति–जालपादेविख खेलकुद पत्रकारिता पुरसकारबाट नेपाल टेलिभिजनका पाँचथर संवाददाता विजयवोध लावती पुरस्कृत भएका छन् । १० हजार रुपैँया नगदरासि सहित उनलाई पुरस्कृत गरीएको हो । उत्त पुरस्कारबाट यो भन्दा इलामका पत्रकार बिप्लब भट्टराई, भिम बाँस्कोटा, लक्ष्मी गौतम, गणेश साम्पाङ, सरोज शर्मा, जङग तामाङ र दिपक बोहोरा पुरस्कृत भैसकेका छन् ।
यस्तै, स्व। हरिचरण–भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट मितेरी एफएमका स्टेशन म्यानेजर खविन लुईटेल पुरस्कृत भएका छन् । यो पुरस्कारको रासि ५ हजार ५ सय ५५ रुपैँया रहेको छ । उत्त राशिबाट यस अघि देवराज गुरुङ, जितबहादुर भण्डारी, भिम तुम्बापो, राधा लुइँटेल, शान्ती राइ र उपेन्द्र ऐक्तेन पुरस्कृत भएका थिए ।
यसै समारोहना शाखाले केही महिना अगाडि क्षमता बिकासको तालिम गरेको थियो । उत्ता तालिम पछि उत्कृष्ट फिचर र उत्कृष्ट फोटो खिच्ने दुइ जना पत्रकारलाई समेत पुरस्कृत गरेको हो । शाखाले चालु आर्थिक बर्षमा जिल्लामा रहेर उत्कृष्ट फिचर र फोटो प्रकाशित गर्ने पत्रकारलाई फिचर तर्फ लक्ष्मि गौतम र फोटो तर्फ रविन्द्र काफ्ले उत्कृष्ठ भएका छन् । उनीहरुलाई ५र५ हजार रुपैँयाको पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झाले परिवर्तनका लागि भएका आन्दोलनमा पत्रकार उपस्थिति भएको बताएका छन् । कार्यक्रममा बोल्दै झा ले भने पत्रकारलाई गरेको यस्ता सम्मानले अझै जिम्मेवारी बोध गराउने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले स्थानीय सरकारले पत्रकारको क्षमता विकासका लागि नीति बनाउने पर्ने धारणा राखेका थिए । ‘सानोतिनो सहयोग गरेजस्तो गरेर पत्रकारको वृत्ति विकासमा सहयोग हुदैन’ पोखरेलले भने ‘सरकाले पत्रकारलाई कार्वाहि गर्ने कानुन बनायो तर क्षमता विकासका लागि लगानी गरेन ।’ उनले भने ‘सत्तामा बस्नेले आलिचना सहन सकेन भने परिवर्तन असम्भव छ’ ।
सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा जिल्ला समन्वय प्रमुख राम राज आङ्दम्बे, नगर प्रमुख मित्र प्रसाद काफ्ले, प्रमुख जिल्ला अधिकारी सुरक्षा निकाय, केन्दिय अध्यक्ष, नेपाल प्रेस काउन्सिलका सदस्य , छिमेकी जिल्ला तेर्हथुम, ताप्लेजुङ, इलाम पत्रकार महासंघ शाखाका अध्यक्ष, जिल्लाका पुर्व अध्यक्ष ,नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका उपाध्यक्षसहित जिल्लाका संचारकर्मी को उपस्थिति थियो ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षतामा सम्पन्न उत्त कार्यक्रम शाखाका सचिब रामचन्द्र तामाङले संचालन गरेका हुन् भने स्वागत मन्तव्य शाखा उपाध्यक्ष राधा लुइँटेलले गरेकी हुन् ।