फिदिम । पाँचथरमा साेमबार ६५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाकाे विभिन्न स्थानमा १४३ जनामा गरिएकाे परिक्षणमा ६५ जनामा काेराेना पुष्टि भएकाे हाे । यो सँगै जिल्लामा संक्रमितको संख्या सात सय २९ पुगेको छ । पाँचथरमा हाल सम्म सबै भन्दा धेरै फिदिम नगरपालिकामा ४०५ जना,हिलिहाङ गाउँपालिकामा १४८ जना,मिक्लाजुङ गाउँपालिकामा ४८ जना, याङबरक गाउँपालिकामा ३८ जना, तुम्बेवा गाउँपालिकामा ३१ जना, कुम्मायकमा २७ जना, फाल्गुनन्दमा २१ र सबै भन्दा कम फालेलेलुङ गाउँपािलकामा ९ जना संक्रमितहरु रहेकाे जिल्ला प्रशासन कार्यालय पाँचथरले जानकारी दिएकाे छ ।
हालसम्म दुई सय ९३ जना कोरोना संक्रमित काेराेना जित्न सफल भएका छन् । संक्रमितमध्ये चार सय पाँच जना होम आइसोलेसनमा छन् । १५ जनाको एचडीयूमा उपचार भईरहेको छ भने छ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । संक्रमितमध्ये सात जनालाई जिल्ला बाहिर रेफर गरिएको छ ।