फिदिम । आर्थिक वर्ष २०७८/०७९ मा ताप्लेजुङका ताप्लेजुङका स्थानीय तह मध्ये सबै भन्दा बढि रकम फुङलिङ नगरपालिकाले पाउने भएको छ ।
समानिकरण अनुदान, समपुरक अनुदान, विशेष अनुदान, शसर्त अनुदान अन्तर्गत फुङलिङ नगरपालिकाले सबैभन्दा बढी ४७ करोड ७४ लाख रुपैयाँ प्राप्त गर्ने भएको हो ।
यस्तै गाउँपालिका मध्ये सबैभन्दा बढि सिरिजङ्घा गाउँपालिकाले ३८ करोड ३५ लाख र सबैभन्दा कम मिक्वाखोला गाउँपालिकाले २३ करोड ७३ लाख रुपैँया प्राप्त गर्ने भएका छन् ।
त्यस्तै आठराई त्रिबेणी गाउँपालिकाले ३२ करोड ८४ लाख, मेरिङ्देन गाउँपालिकाले ३१ करोड ७० लाख, फक्ताङ्लुङ गाउँपालिकाले ३१ करोड १० लाख रुपैयाँ बजेट पाउने भएका छन् ।
यस्तै मैवाखोला गाउँपालिकाले २७ करोड १० लाख, पाथीभरा याङ्वरक गाउँपालिकाले ३० करोड ५७ लाख र सिदिङ्वा गाउँपालिकाले ३० करोड ४ लाख रुपैयाँ बजेट प्राप्त गर्ने भएका छन् ।