सरला रेग्मी
पाँचथर । दोस्रो स्थानिय तहको निर्वाचनको परिणाम आए सङै जिल्लाका नगरपालिका र गाउँपालिकाले प्रमुख पाइसकेको छ । पाँचथरका १ नगरपालिका र ७“गाउँपालिका मध्धेको ऐतिहासिक पालिका हिलिहाङ गाउँपालिका,नेपालको प्रदेश नं .१ को पहाडी जिल्लाको रुपमा पाँचथर जिल्ला रहेको छ । नेपाल राष्ट्र निर्माण पूर्व यस क्षेत्रको चिनारि ऐतिहासिक पल्लो किराँतको रुपमा रहेको थियो ।
यस जिल्लाको आफ्नै लामो र पुरानो इतिहास छ । नेपालको संविधान २०७२ ले परिकल्पना गरे अनुसार संघीय शासकीय स्वरुप बमोजिम राज्य पुर्नसंरचनाबाट यस जिल्लामा ८ ओटा स्थानिय तहहरुको गठन गरिएको छ । १ नगरपालिका तथा ७ गाउँपालिकाको रुपमा स्थानिय तहको प्रशासनीक संरचना निर्धारण गरिएको छ । यस अन्तर्गत साविकका अमरपुर, पञ्चमी, सुभाङ र भारपा गा।वि।स।हरु मिलि हिलिहाङ गाउँपालिका बनेको छ ।
हिलिहाङ गाउँपालिकाका नवनिर्वाचित पालिका अध्यक्ष समर बहादुर अधिकारीसँग केन्जो खबरले गरेको कुराकानी :