स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्वास्थ्यका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।
गत वर्ष स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड रुपैयाँ थियो ।
अर्थमन्त्री पौडेलका अनुसार आगामी आबको बजेटमा कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरिएको छ भने कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुटु्याएको छ ।
· औषधि खरिदका लागि ५ अर्ब ६० करोड
· राजधानीमा ३०० शय्या र प्रदेशमा ५०–५० शैयाको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड
· स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड
· स्वास्थ्य स्वयंमसेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि, १२ हजार पुग्यो
· स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पुका लागि ७ अर्ब ५० करोड