पाँचथर । पुर्वी पहाडलाई तराई, प्रदेश तथा संघिय राजधानी पुग्नकालागी छोटो सडकको रुपमा लिइएको पाँचथरको गणेश चोकदेखि सुनसरीको चतरा जोड्ने तमोर कोरीडोरसम्मको १ सय १० किलो मिटर सडक कालोपत्रे र स्तरोन्नति हुने भएको छ । अर्थ मन्त्रालयबाट रु ५ अर्व ७६ करोड ८७ लाख बजेट स्रोत सुनिश्चित भएको अर्थ मन्त्री जनार्धन शर्माका प्रमुख स्वकीय सचिब हर्क नेम्वाङ (मिक्सो) ले जानकारी दिएका छन् । यो सडक बने पछी धनकुटा, पाँचथर, तेर्हथुम र ताप्लेजुङ्ग प्रत्यक्ष लाभान्वित हुने छन् । साथै जोगमानी टिपतला नाका जोड्नका लागिपनि छिटो मार्ग हो ।
धरानबाट इटहरी, दमक,बिर्तामोड र ईलाम हुँदै यात्रा गर्दा निकै घुमाउरो र लामो यात्रालाई तमोर करीडोरको सडकले सहज बनाएको छ । अहिले सडक ग्राबेल छ । ठाउँ ठाँउमा सडक तथा पुल बनाइने काम भैरहेको देखिन्छ । पाँचथर र धनकुटाको विभिन्न क्षेत्र जोड्ने सडक तमोर नदिको नजिकै भएर निर्माण गरिएको छ । पुर्वी पहाड ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाका बासिन्दालाई तराई झर्न सजिलो बनाइएको उत्त सडकलाई दृत सडकका रुपमा बिकास गरेको देखिन्छ ।
धरानबाट करीब ६ घन्टामा पाँचथरको सदरमुकाम फिदिम ओर्लन सकिन्छ ।