भरतपुर । चितवनको भरतपुरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । ९६ हजार ३ सय ११ मतगणना हुँदा उनले ३७ हजार ९ सय २८ मत पाएकी छन् ।
उनलाई एमालेका विजय सुवेदीले २९ हजार ६ सय ३३ मतका साथ पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ४ सय ६३ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ४० हजार १ सय २१ मतका साथ लिड गर्दा राप्र्रपाकी हिमला गुरुङले २३ हजार ४ सय ४३ मत पाएकी छन् ।