पाँचथर । पाँचथरमा जिल्ला समन्वय समिति गठनका लागि कुनै दलको स्पष्ट बहुमत नपुगने भएको । स्थानीय तह प्रमुख र उपप्रमुखले मतदान गर्ने जिल्ला समन्वय समितिका लागि पाँचथरबाट १६ प्रमुख र उपप्रमुख छन् । ८ स्थानीय तहका प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरिसकेका छन् ।
काँग्रेसले ८ स्थानीय तहमध्ये ६ प्रमुख र १ उपप्रमुखमा विजयी हासिल गरेको छ । माओबादीले एक अध्यक्ष, ५ उप्रमुख जितेको छ । एमालेले १ अध्यक्ष र एक उपाध्यक्ष जितेको छ । ८ जना मतदाता भए बहुमत पुग्नेमा कुनै दल संग ८ जना नपुग्ने भए पछि जिल्ला समन्वय समिति तालमेलबाट बन्ने पक्का भएको छ ।
अहिलेकै गठबन्धन रहे कांग्रेस र माओबादी मिलेर जिल्ला समन्वय समिति बनाउने देखिन्छ । कांग्रेस संग ७ जना र माओबादी संग ६ जना मतदाता रहेका छन् । गठबन्धन रहेन भने माओबादी र एमालेको तालमेलमा पनि जिल्ला समन्वय समिति गठन हुन सक्ने देखिन्छ । माओबादीको ६ र एमालेको ३ गर्दा ९ जना मतदाता हुन्छन् । तर,जिल्लामा माओबादी र एमालेको तालमेल हुने सम्भावना कम देखिन्छ ।
जिल्ला समन्वय समितिका लागि स्थानीय तह प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यले उम्मेदवारी दिन पाउनेछन् । मत भने स्थानीय तह प्रमुख र उपप्रमुखले मात्रै दिन पाउने व्यवस्था छ ।