फिदिम । पाँचथर जिल्लाको एकमात्र नगरपालिका फिदिम नगरपालिकाको स्थानिय तहको निर्वाचनको मत गणना जिल्ला समन्वयन समितिको सभा हलमा धमाधम भैरहेको छ । १,२,३,४, ५,६ र ९,१०,११,१२,१३,१४ को मतगणना गर्दा जम्मा खसेको मत ११ हजार ५९ हो ।मेयरका तर्फ नेपालि काङ्ग्रेस मित्रप्रसाद काफ्ले ८ हजार ५ सय १५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पृथ्वी लावती ८ हजार १ सय २ मत प्राप्त गरेका छन् । प्रमुख पदमा ४ सय १३ मतको अन्तर देखिएको छ ।
त्यस्तै उपमेयर तर्फ गठबन्धन (हसिया हथौँडा)का राधाकृष्ण न्यौपानेले ४ हजार ६ सय ६८ मत प्राप्त गरेका छन् । नेकपा एमाले सत्ता साझेदारी राप्रपाका
जगत थापा मगरले ३ हजार ६९ मत प्राप्त गरेका छन् । फिदिम नगरपालिकामा उपमेयर तर्फ १ हजार ५ सय ९९ को मत अन्तर देखिएको छ । पाँचथरका पालिकाहरुमा
कुन वार्डमा कस्को विजयी :-
७ र ८ को गणना हुदै छ ।