फिदिम । फिदिमको वाड नम्बर ८ मा मत गणना शुरुभएको छ । जम्मा ८ नम्बर वाडमा १ हजार ४ सय २४ खसेकोमा ६ सय १७ गणना हुँदा वडा अध्यक्ष तर्फ गठबन्धन हसिया हतौडाका सोम बहादुर गुरुङले ४ सय ११ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका शेर बहादुर नेम्वाङले १ सय ५८ मत प्राप्त गरेका छन् ।
तेस्तै मेयरतर्फ काङ्ग्रेस गठबन्धनका मित्र प्रसाद काफ्ले ४ सय ११ मत र नेकपा एमालेका पृथ्वी लावतीले १ सय ५८ मत प्राप्त गरेका छन् । उपमेयर तर्फ गठबन्धन हसियाँ हथौडाका राधाकृष्ण न्यौपानेले ४ सय ११ मत र राप्रपाका जगत थापा मगरले १ सय ५८ मत प्राप्त गरेका छन् ।