फिदिम । फिदिम नगरपालीका९ को अन्तिम मतपरिणाम आइसकेको छ । जम्मामा १ हजार १ सय ४४ मत खसेकोमा वडा अध्यक्ष तर्ग काङ्ग्रेस गठबन्धनका गंगा राई ५ सय ७१ प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी छाताका जीवन लावतिले ३ सय ५४ मत प्राप्त गरेका हुन भने नेकपा एमालेका राजेन्द्र सम्बाहाम्फेले २८ मत प्राप्त गरेका छन् ।
मेयर तर्फ काङ्ग्रेस गठबन्धनका मित्र प्रसाद काफ्ले ४ सय ७६ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्वन्दी
पृथ्वी लावतिले ४ सय ३८ मत प्राप्त गरेका छन् ।
उपमेयर तर्फ गठबन्धनका राधाकृष्ण न्यौपाने ४ सय ९३ मत प्राप्त गरेका छन् । भने उनका निकटतम प्रतिद्वन्दी राप्रपाका जगत थापा मगर १ सय १६ मत प्राप्त गरेका छन् । महिला सदस्यहरु तर गठबन्धनकाविमला लावति,गोपिन्दमाया नेपाली ,तुलसि फुयेल ,पूर्णराज लावती विजयी भएका छन,।