सरला रेग्मी,
पाँचथर । ७५ बर्षिय दान बहादुर योङ्हाङ फिदिम १ मा बस्छन् । उनल स्थानिय तहको निर्वाचन उपसहित गरेर ३ पटक मतदान गरिसकेका छन् भने पञ्चायत र बहुदल समेत निर्वाचन देखिसकेका योङ्हाङ निकै उत्साहित थिए । उनले भने ‘पहिला भोट हाल्दा झन्झटिलो थियो तर अहिले सहज भएको छ’ । ७० बर्षिय वृद्ध महिला आफ्ना नाति नातिनी संग भोट हाल्न आएकी थिइन् ।
पञ्चायत काल देखि स्थानिय तहको निर्वाचन देखेकी उनले आफ्नो पालामा भन्दा थुपै बिकास भएको अनुभव सुनाइन । उनले भनिन् अब आउनेले झन बिकास गर्छन् । फिदिम माबिको खेल मैदानमा मतदान गर्न आउनेको भिड छ । मतदान स्थरमा गर्भवती, जेष्ठ नागरिक र अशक्त नागरिकको उल्लेख उअस्थिती रहेको देखिन्छ । फिदिम नगरपालिका भित्र २२ वटा मतदान स्थल र ४० मतदान केन्द्र रहेका छन् । हेरौं तस्बिरमा :
बच्चा बोकेर मतदान गर्न आएकी महिला फ़िदिम ७ रानीटार माबी

गर्भवती महिला

मतदाता, फिदिम स्रोत केन्द्र

भोट खसाल्न आएकी ७५ बर्षिय जेष्ट महिला

सुखबोध माबी फिदिम २ को तस्बिर

मतदान गरेर फर्किनेहरू

मतदान गर्न आएका अशक्त नागरिक