केन्जो खबर,
पाँचथर। पाँचथर जिल्ला अस्पतालका लागि सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भएको छ । सघन सहरी विकास कार्यालयले अस्पताल व्यवस्थापन समितिलाई उक्त भवन हस्तान्तरण गरेको छ । ५० शैयाको अस्पतालका लागि भवन निर्माण गरीएको छ । तर तत्काल ५० शैयाको अस्पताल सञ्चालन हुने छैन् । सरकारले भवन निर्माण गरेपनि ५० शैयाको अस्पताल स्वीकृत गरेको छैन् । नयाँ भवन बनेपनि उहि पुरानो १५ बेडको अस्पतालमात्र सञ्चालन गर्न सकिने अवस्था छ ।
चाडै पुरानो भवनबाट अस्पताल नयाँ भवनमा सर्ने तयारी भएपनि ठुलो भवनमा सिमित जनशक्ति हराउने सम्भावना छ । पटक पटक ५० शैयाको अस्पताल स्वीकृत गर्ने भन्ने चर्चा हुने गर्छ । राजनीतिक एजेण्डा बनेको छ तर स्वीकृतको काम हुन सकेको छैन् । चालु आर्थिक बर्षको बजेट पेश गर्दा प्रदेश सरकारले १ सय शैयाको अस्पताल बनाउने घोषणा गरेपनि त्यसको कार्यान्वयनमात्र होइन बजेटको व्यवस्था पनि गरेको छैन् । ५० शैयाको अस्पताल बनाउनका लागि संगठन तथा व्यवस्थाप सर्वै (ओएनएम) समेत भएको छैन् ।
पूर्वी पहाडी जिल्लामा सुविधा सम्पन्न अस्पताल नुहँदा अकालमा ज्यान गुमाउनु पर्ने तथा उपचारका लागि तराईका महंगा अस्पतालमा लैजानु पर्ने बाध्यता छ । ५० शैया स्वीकृत हुन सके विशेषज्ञ डाक्टर सहितको जनशक्ति, प्रविधि हुने हुँदा सुविधा बढ्छ । पाँचथरमात्र नभई तेह्थुम, ताप्लेजुङका बासिन्दाले पनि सेवा लिईरहेको अस्पतालको भवन बनेपनी अस्पताल स्वीकृत नहुँदा तत्काल सुविधा नथपिने देखिन्छ । २१ करोड ३४ लाख खर्चिएर भवन बनाईएको छ ।
सुविधा सम्पन्न भवन तथा उपकरण भएपनि दक्ष जनशक्तिको अभावमा सेवा विस्तार हुन सक्ने अवस्था छैन् । दक्ष जनशक्तिको अभावमा चारओटा भेन्टिलेटर थन्किएर बनेका छन् । १५ बेडको अस्पतालमा न्यून जनशक्ति भएकाले प्रभावकारी सेवा दिन सकिरहेको छैन् । ५० बेडको अस्पताल स्वीकृतका लागि तत्काल पहल हुनुपर्ने माग रहेको छ ।
दक्ष जनशक्ति नहुँदा भेण्टीलेटर थन्किएको छ । नयाँ भनेको बनेको सुधिवा सम्पन्न भवनको उपभोगका लागि तत्काल ५० शैयाको अस्पताल स्वीकृत गर्न सरकार ध्यान दिनु पर्छ । भवन जस्तै सुविधा युक्त सेवा हुन सके पूर्वी पहाडी क्षेत्रका बासिन्दा स्वास्थ्य उपचारमा राहत पुग्ने थियो ।