पाँचथर जिल्लाको फिदिम नगरपालिका, ५ मा बुबाबाट १२ वर्षकी छोरी बलात्कारको सिकार भएकी छन् ।
४३ बर्षिय पुरुषले आफ्नै १२ वर्षकी छोरीलाई बलात्कार गरेका हुन् । बालिकाकी आमाले श्रीमानले बलत्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिए बताइएको छ ।
बालिकाकी आमाले आफू घर नभएको बेला आफ्नै बावुले चैत्र २७ गते छोरीलाई बलात्कार गरेकाले कानुन अनुसार कारबाही गर्न माग गरिन् । छोरी बलात्कार आरोप लागेका बाबु भने फरार रहेको प्रहरीले बताएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।