पाँचथर । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नियुक्त गरेकाे निर्वाचन अधिकृत पुजा खत्रिलाई १० दिन नबित्दै हटाएको छ ।
उनको ठाउँमा लक्ष्मीदेवि होमगाई खतिवडा लाई नियुक्ति दिइएको छ । लक्ष्मीदेवि होमगाई खतिवडा पाँचथरको पूर्व प्रमुख जिल्ला अधिकारी समेत हुन ।
आयोगले पुजा खत्रि सहित ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएर सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ । आयोगले बुधबार जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची-१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबार (चैत २३ गते) देखि नै हटाइएको हो ।
उनीहरूको ठाउँमा अन्यलाई निर्वाचन अधिकृतका रूपमा नियुक्ति दिइएको सूची आयोगले प्रकाशन गरेको छ । नियुक्त नयाँ निर्वाचन अधिकृतलाई यही चैत २९ गतेभित्र तोकिएका स्थानमा हाजिर हुन आयोगले निर्देशन पनि दिएको छ।
हेर्नुहोस् नयाँ नियुक्तिको सूची–