पाँचथर । स्वर्गीय अमर नेम्वाङको स्मृतीमा स्रष्टा सम्मान गरीएको छ । यस बर्षकोसाहित्यकार बिना थिङ र सारदा सुब्बालाई सयुक्त रुपमा अमर नेम्बाङ स्मृती साहित्यीक पुरस्कार प्रदान गरीएको हो ।
१ लाख रुपैँया रासीको पुरस्कार पाँचथर सदरमुकाम फिदिमा समारोहको आयोजना गरी प्रदान गरीएको हो । उक्त समारोहमा बिना थिङ उपस्थीत थिईन ।
फाल्गुनन्द गाँउपालीकाका पुर्व अध्यक्ष तथा साहित्यकार नेम्बाङ तेस्रो स्मृती दिवसमा उक्त पुरस्कार प्रदान गरीएको हो ।
साहित्यकार तथा राजनीतिक व्यतित्व अमर नेम्वाङको स्मृतिमा हरेक बर्ष पुरस्कार प्रदान गरिदै छ । अमर नेम्बाङ स्मृती प्रतिष्ठानले पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको हो ।
उक्त अवसरमा फाल्गुनन्द १ नमिडाँडाको सिद्ध माध्यमीक विद्यालयका छात्रा मनिसा चेम्जोङलाई १० हजार छात्रवृत्ति प्रदान गरिएको हो । यस्तै, फालेलुङ गाउँपालिका ६ बरभञ्याङका तीन जना र कुम्बायक गाउँपालिकाका १ जना अग्निपिडित परिवारलाइ प्रतिब्यक्ती १० हजार प्रदान गरिएको छ ।
अमर नेम्वाङ प्रतिष्ठानका अध्यक्ष मुनेन्द्र नेम्वाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अमर नेम्बाङको व्याक्तित्व तथा कृतित्व माथि चर्चा गरीएको थियो ।