पाँचथर । आगामी बैशाक ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पाँचथरमा १०१ मतदानस्थल र १७६ मतदान केन्द्र कायम गरिएको छ । १४ वडा भएको फिदिम नगरपालिकामा २२ मतदानस्थल, ४० मतदान केन्द्र कामय गरिएको छ ।
यस्तै, कुम्मायक गाउँपालिकामा १० मतदानस्थल, १५ मतदान केन्द्र,तुम्बेवा गाँउपालिकामा ९ मतदानस्थल, १३ मतदान केन्द्र, फालेलुङ गाउँपालिकामा ११ मतदानस्थल, २२ मतदान केन्द्र,मिक्लाजुङ गाउँपालिकामा १४ मतदानस्थल, २४ मतदान केन्द्र, याङवरक गाउँपालिकामा १० मतदानस्थल, १७ मतदान केन्द्र र हिलिहाङ गाउापालिकामा १२ मतदानस्थल, २१ मतदान केन्द्र कामय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा पाँचथर१ लाख ४० हजार २ सय २४ जनाले मत हाल्न पाउने भएका छन् ।
निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि आइतबार बसेको आयोगको बैठकले अन्तिम नामावली टुङ्गो लगाएको हो । जस अनुसार पाँचथरमा १ लाख ४० हजार २ सय २४ जनाले मतदाता आगामी निर्वाचनमा सहभागी हुन पाउने भएका हुन् ।
जसमा ७३ हजार ५ सय ७३ जना पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ६६ हजार ६ सय ४८ जना रहेको छ ।
निर्वाचन आयोगका अनुसार फिदिम नगरपालीकामा नगरपालिकामा ३४००६ जना मतदाता रहेका छन् ।
यस्तै, कुम्मयक गाउँपालिकामा ११७८३,तुम्बेवा गाउँपालिकामा ९४६२,फालेलुङ गाउँपालिकामा १७१६४,फाल्गुनन्द गाँउपालिकामा १८५७६,हिलिहाङ गाँउपालिकामा १६५२३, मिक्लाजुङ गाउँपालिकामा १८५०७,याङवरक गाउँपालिका १४२०६ जना मतदाता रहेका छन् ।