पाँचथर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।
आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको आयोगले निर्वाचन अधिकृत पनि तोकेको हो । आयोगले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेको छ ।
एक नगरपाललिका सहित सात गाउँपालिका रहेको पाँचथरमा सदरमुकाम समेत रहेको फिदिम नगरपालिकामा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधिस योगेन्द्र प्रसाद शाहा रहेका छन् । उनि पाँचथर जिल्लाका मुख्य निर्वाचन अधिकृत रहनेछन् ।
यस्तै,कुम्मयक गाउँपालिकामा पाँचथर जिल्ला अदालतमा स्रेस्तेदार विश्वजंग सिंजापाती,तुम्बेवा गाँउपालिकामा जिल्ला न्यायाधिवक्ता सुवणर्मान बनेपाली,फालेलुलुङ गाउँपालिकामा सवोच्च अदालतका इजलास अधिकृत सिताराम खड्का, फाल्गुनन्द गाउँपालिकामा अमृत बहादुर राई,मिक्लाजुङ गाउँपालिकामा पुजा खत्रि, याङवरक गाउँपालिकामा गोपाल प्रसाद थापा र हिलिहाङ गाउँपालिकामा दशरथ राई निर्वाचन अधिकृतको रुपमा तोकिएको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।