लक्ष्मण गजुरेल । चर्चित गायक डम्बर नेपाली र गायिका दिपा सुहाङको आवाजमा रहेको नयाँ गित जादु छ , सार्वजनिक भएको छ ।
डम्बर नेपालीकै शब्द , संगितमा रहेको गित शनिबार सार्वजनिक भएको हो । गितको संगित संयोजन महाराज थापाले गरेका हुन् । सार्वजनिक भएको गितको भिडियोमा रुकमान लिम्बु र दिपा सुहाङको अभिनय छ ।
काठमाडौँका विभिन्न स्थानमा भिडियोको छायाँकन गरिको हो । हाङ चेमजोङको निर्देशनमा रहेको उक्त भिडियोको छायाँकन इसक जवेगुले गरेका हुन् । भिडियोमा युवा अवस्थाको माया प्रेमको कथा देखाइएको छ ।