पाँचथर– पाँचथरमा रहेका बोर्डर आउट पोस्ट (विओपी) लाई सुधारिएको चुल्हो प्रदान गरिएको छ । पाँचथरमा रहेका चारवटा पोस्टलाई चुल्हो प्रदान गरिएको छ । उच्च पहाडी क्षेत्रमा पर्ने नेपाल– भारत सिमानामा रहेका विओपिलाई खाना पकाउनका लागि उपयुक्त हुने फलामको चुल्हो प्रदान गरिएको हो ।
रेड पाण्डा नेटवर्कको सहयोगमा श्री दीप ज्योति युवा क्लबले चौकीमा लगेको चुल्हो हस्तान्तरण गरेको हो । चिवाभञ्ज्याङ, सुकेढाप, फालोट र भैसेमा रहेको सशस्त्र प्रहरी पोष्टमा चुल्होरदान गरिएको हो । भौगोलिक रूपमा टाढा रहेका तथा सडक राम्रो नभएका यी ठाउँमा पुगेर प्रदान गरिएको चुल्हो खाना पकाउन, रोटि पकाउन सुविधा हुने दाउरा कम लाग्ने, कोठामा धुवा नहुने, चलाउन सजिलो तथा कोठालाई न्यानो राख्ने किसिमको चुल्हो भएको बताइएको छ ।
दाउराको प्रयोगलाई घटनाका लागि चुल्हो प्रदान गरिएको क्लब पाँचथरका कार्यकारी निर्देशक सुनील बान्तवाले जानकारी दिए । बनप्रतिको निर्भरता घटाउनलाई चुल्हो सहयोग गरिएको उनले बताए । चुल्हो हस्तान्तरणमा सशस्त्र प्रहरी निरीक्षक माधव खत्रीपनि सहभागी थिए ।
पूर्वका इलाम, पाँचथर र ताप्लेजुङमा समुदायमा आधारित रेड पाण्डा संरक्षण कार्यक्रम रहेको छ । सोही कार्यक्रम अन्तर्गत चुल्हो प्रदान गरिएको हो ।
उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट रहेको छ । पाँचथरको भारतको सिक्किम र वेष्टबङ्गालसँग सिमा जोडिन्छ । पाँचथरको भारतसँग सिमा जोडिने ४४ दशमलव ३८ किलोमिटर सिमा क्षेत्रमा चारवटा विओपी रहेका छन् ।




