पाँचथर । इलामको सन्दकपुर गाउँपालिका–२, गोरुवाले भञ्ज्याङस्थित सडकमा पाँचथरतर्फ लोक्ताको लोड बोकेर जाँदै गरेको प्रदेश १-०२-००३-त ३४०२ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा पाँचथर फिदिम नगरपालिका–१४ का अन्दाजी ३४ वर्षका सोम राईको घटनास्थलमै मृत्यु भएको छ।
ट्र्याक्टरमा सवार फिदिम–१३ का अन्दाजी ४५ वर्षका टंक तामाङ र ४० वर्षका युद्धकुमार राई घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।दुर्घटनापछि ट्र्याक्टर चालक संखुवासभा मकालु गाउँपालिका–३ का २३ वर्षका बिकुल पराजुली फरार रहेका छन्। उनकाे खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




