पाँचथर– पाँचथरको फिदिम–१३ सिगारे ठुलोखोल्समा मोटर साइकल दुर्घटना हुँदा ४२ वर्षीय हर्क बहादुर राईको मृत्यु भएको छ ।
मे ३ प ३९८४ नम्बर साइकल दुर्घटना भएको थियो । सडक भन्दा १५ मिटर तल खोल्सोमा खसेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए । मृतकको जिल्ला अस्पताल पाँचथरमा पोस्टमार्टम गरिएको छ ।