पाँचथर ।पाँचथरको फिदिम नगरपालिका–१२ स्थित साविक नाङ्गीन–६ फूलबारी मुनि दक्षिणमा मंगलबार बिहान गएको ठूलो पहिरोका कारण फेमे खोला थुनिएको छ। पहिराेले थुनीएको खोला छेउबाट सानाे पानी बगेपनी जाेखिम निक्कै रहेकाे स्थानियले जानकारी दिएका छन् ।
स्थानीय सुजन तावाहाङ्गका अनुसार ठूलो परिमाणमा खसेको माटो र ढुंगामाटाले खोला थुनिँदा हाल ड्याम जस्तो बनेको देखिएको छ। तटीय क्षेत्रमा उच्च जोखिम देखिएको छ।
विस्तृत विवरण प्राप्त हुन् बाँकि छ । खाेला थुनिएकाे खवर प्राप्त भएकाेले फिदिम फलाेट सडक खण्डको फेमेखोलाको डाइबर्सन काे पाइप निकाल्न लागीएकाे पूर्वाधार कार्यालय पाँचथरका प्रमुख शैलेन्द्र कुमार सिले जानकारी दिए । हिजाेमात्र डाइबर्सन बनाएर गाडी चलाइएकाे थियाे ।