पाँचथर– नेपाली काँग्रेस पाँचथरका पाँच जना पदाधिकारीले विशेष महाधिवेशनको माग गर्दै विज्ञप्ति जारी गरेका छन् । निर्धारित समयमा नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन गर्नु पर्ने उनीहरूको माग छ ।
सभापति सहित आठ जना पदाधिकारी मध्ये पाँच जनाले विज्ञप्ति निकालेका हुन् । जने जी आन्दोलन पछि परिस्थिति बद्लिएको भन्दै आन्तरिक लोकतन्त्र बलियाे बनाउन तथा जेन जी आन्दोलनपछि नयाँ उर्जा सञ्चार गर्न आवश्यक रहेको बताएका छन् ।
उप–सभापति डिकेन्द्र चेम्जोङ, वृजहाङ आङदेम्बे, सचिव दीपक नेपाल, सह–सचिव गजेन्द्र राई र कोषाध्यक्ष रमेश भगत प्रधानाङ्गले विज्ञप्ति निकाल्दै विशेष महाधिवेशनको माग गरेका छन् ।
सभापति रुपनारायण जबेगू, सचिव डेकन्द्र कुमार तामाङ र सहसचिव सन्तोष श्रेष्ठ बाहेकका पदाधिकारीले विज्ञप्ति निकालेका हुन् । नियमित महाधिवेशन निर्धारित समयमा नगर्ने हो भने तत्काल विशेष महाधिवेशन गर्नु पर्ने उनीहरूको भनाई छ ।
यस अघि पाँचथरबाट प्रतिनिधित्व गर्ने १९ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका थिए । २५ महाधिवेशन प्रतिनिधि मध्ये निवर्तमान सभापनि नरेन्द्र कुमार केरुङ सहितले विशेष महाधिवेशनको माग गरेका थिए ।