पाँचथर । बाढी र पहिरोले क्षती पु¥याएको करिडोर पाँच दिन पछि पुनः सञ्चालनमा आएको छ । बाटो र खोलामा भएको अवरोध हटाएर सञ्चालनमा आएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । बाटो खुलेसँगै गाडी चल्न थालेको उनले जानकारी दिए ।
तराईसँग छोटो बाटो भएर पूर्वी पहाड जोड्ने तमोर करिडर सञ्चालनमा आएको छ ।
धनकुटाको मुलघाटदेखि पाँचथर सदरमुकाम जोड्ने सडक सञ्चालनमा आएको हो । यो सडक सञ्चालन भएपछि पाँचथर र ताप्लेजुङका लागि गाडी सञ्चालन हुने छ । सडकमा धेरै ठाँउमा भएको अवरोध हटाइएको आयोजना प्रमुख मनिषमान शाक्यले जानकारी दिए । उनका अनुसार केहि गाडी फिदिम र ताप्लेजुङका लागि चलिसकेका छन् । मेसीन बाटैमा राखिएले केहि अवरोध भए खुलाई हाल्ने उनले बताए । मुख्य अवरोध नावा खोलामा थियो ।
तमोर करिडोर सञ्चालनमा आयो
तमोर करिडोर सञ्चालनमा आयो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस