पाँचथर– बाढी पहिरोले क्षति पुर्याएको चार दिन वितिसक्दा पनि तमोर करिडोर सडक खुलेको छैन। मेची राजमार्ग अवरुद्ध भएपछि धेरैका लागि सुविधि युक्त हुने तमोर कोरिडोरको बाटो खुल्न नसकेको हो ।
पूर्वी पहाडबाट धरानसम्म जाने छोटो सडक भएपनि खोलामा पुल नहुँदा समस्या छ । चारदिन वित्तिसक्दापनि सडक सुचारु हुन सकेको छैन । गाडी नचल्दा पेट्रोलियम पदार्थको अभाव देखिएको छ भने विरामीलाई अस्पताल लैजान समस्या छ । बाटो कहिले खुल्ला भनेर धेरैले चासो राखिरहेका छन् ।
सडक र पुलको फरक फरक ठेक्का भएकाले आपसी समन्वय हुन सकेको देखिदैन् । धेरै ठाउँ अवरुद्ध नभएपनि खुलाउन ढिलाई भईरहेको छ ।
मेसिन परिचालन भईसकेकाले भोलि बिहान सम्ममाबाटो बनाई सक्ने सडक आयोजनाका प्रमुख मनिषमान शाक्यले जानकारी दिए । चतरादेखि पाँचथरको दोरीम्बासम्मको सडक भएपनि हाल मुलघाट–फिदिम खण्डमा गाडी सञ्चालन हुन्छ । यो सडक ४० किलोमिटर कालोपत्रे भएको छ ।
खोला क्षेत्रमा भएको अवरोध हटाउन लागि जनशक्ति परिचालन गरिएको पुल सेक्टर इटहरीका इन्जिनियर नविन साहाले जानकारी दिए । खोलामा बाढी आएर समस्या छ । पुल नभएकाले गाडी खोलाबाटै सञ्चालन गर्नु पर्ने बाध्यता छ । नावा, छरुवा जस्ता खोलामा बढि समस्या छ ।
धनकुटादेखि मुलघाटदेखि पाँचथरको सरखण्डे खण्डको बाटो सञ्चालनमा नल्याउदा यो क्षेत्रका बासिन्दा समस्या छन् । यो खण्डमा सडक कालोपत्रे गर्ने र पुल निर्माण गर्ने सरकारी निकाय फरक फरक फर्दा समन्वयमा समस्या देखिएको छ । सडक तमोर सडक आयोजना धरान र पुल पुल सेक्टर कार्यालय इटहरीले बनाईरहेको छ ।
पुल आसपासको क्षेत्रमा विग्रिएको पुल सेक्टरबाट ठेक्का लागेकाले सोही ठेकेदारले बनाउने पर्ने र सडकको छुट्टै ठेकेदारले बनाउनु पर्ने भएकाले प्रभावकारी समन्वय देखिएको छैन ।
आठवटा पुल निर्माणका लागि ठेक्का लगाइएको सम्झौता मिति सकिदापनि पुलको कामको प्रगति न्यून रहेको छ ।
हेवा, लोरिपा, लखुवा खोलाको प्रगति सुन्य रहेको छ । नावा, छरुवा रघुवा जस्ता खोलाको पुल बनाउने कामले राम्र गति लिएको छैन ।