पाँचथर । पाँचथरको कुम्मायक ३, तमोर करिडोर अन्तरगत कात्तिकेमा आज बिहान एक जीप दुर्घटनामा परेको छ। धरानबाट ताप्लेजुङ जाँदै गरेको बलेरो जीप तमोर नदीको छेउमा करिब ५०० मिटर तल खसेको छ।
कोसी प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी ईश्वर कार्कीले जानकारी दिए अनुसार, प्रहरी घटनास्थलमा पुगेका छन् र स्थानीयवासीसँग मिलेर उद्धार तथा खोजी कार्य जारी छ।
प्रारम्भिक जानकारी अनुसार दुर्घटनामा चार जना घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि धरान लगिएको छ। प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले भने, अन्य व्यक्तिहरूको अवस्था बारे थप जानकारी प्राप्त हुन बाँकी रहेको बताए।
जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि उद्धार टोली परिचालन गरेको जानकारी दिएको छ। दुर्घटनाबारे थप विवरण आउन बाकी छ।