मेचिराजमार्ग अन्तगर्तको थाङसाङ खोल्साको पुरानो फोटो
पाँचथर ।देशभर भइरहेको लगातार वर्षाका कारण पाँचथर जिल्लाका मेची राजमार्ग, तमोर करिडोर, मध्यपहाडी लोकमार्ग तथा अन्य भित्री सडकमा रात्रीकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार, असोज २० गतेसम्म प्रत्येक दिन बेलुका ७:०० बजे देखि बिहान ६:०० बजेसम्म अति आवश्यक बाहेकका सवारी साधनहरू सञ्चालन गर्न पाइने छैन।
समितिले यो कदम सडक सुरक्षा र वर्षापछि सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएको जानकारी गराएको छ। अति आवश्यक सवारी साधनहरू अनुमतिपत्र सहित सञ्चालन गर्न सकिने छन्। यात्रु र सवारी चालकहरूलाई तोकिएको समयमा सडक प्रयोग नगर्न सचेत गराइएको छ।