पाँचथर– पाँचथर सदरमुकाम फिदिममा पनि जेन जिहरुले प्रर्दशन गरेका छन् । प्रहरीलाई फूल दिएर बिपि पार्क सरसफाई गरेर सुरु भएको प्रर्दशन आन्दोलनमा मृत्यु भएकाको चिर शान्तीको कामना गर्दै दिप प्रज्वोलन गरेर सकिएको थियो ।
जेन जिहरुको ¥याली बजार परिक्रमा गरेर पुनः विपि पारिक्रममा गरेर विपि पार्क पुगेर सकिएको थियो । सरकारलाई हत्याराको संज्ञा दिदै चर्को नाराबाजी गरेका थिए । पहाडी जिल्ला भएपनि ठुलो संख्यामा युवाहरु प्रदर्शनमा निस्किएका थिए । तर प्रर्दशन शान्तीपूर्वक तरीकाले सम्पन्न भएको छ । आन्दोलनलाई निरन्तरता दिने जेन जिहरुको भनाई छ ।
यसैगरी छिमेकी जिल्ला ताप्लेजुङ र इलाममा पनि शान्तीपूर्ण प्रर्दशन भएको थियो ।