झापा ।भ्रष्टाचार र बेथितिको विरोधमा प्रदर्शनमा उत्रिएका भनिएका जेनजी प्रदर्शनकारीले झापाको दमक नगरपालिकामा आगजनीको प्रयास गरेका छन्।
जिल्ला प्रशासन कार्यालय झापाले उनीहरुले नगरपालिका परिसरमा तोडफोड गर्दै आगजनी गर्ने प्रयाससमेत गरेको जनाएको छ।
प्रदर्शनकारीको तोडफोडका क्रममा सामान्य क्षति भए पनि ठूलो क्षति भने भएको छैन। आगजनी गर्ने प्रयासलाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिने प्रयास भईरहेको प्रहरीले जनाएको छ।
नगरपालिका भित्र पार्किङमा राखिएका ४ वटा मोटरसाइकल र ट्राफिक प्रहरीको एउटा गाडीमा आगो लगाएको बताइएको छ।
झापा प्रहरीका अनुसार अबस्था तनावग्रस्त भएपछि गोली चलाउनु परेको हो। झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्र खड्काले झडप भएको जानकारी आएको बताए।




