ताप्लेजुङ । माइत जान हिँडेकी आमा–छोरी फड्के पुलबाट खस्दा २ वर्षीय छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्।
फुङलिङ नगरपालिका–१० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार मृत्यु हुनेमा फुङलिङ–१० बस्ने २ वर्षीय निशा लिम्बू रहेकी छन्। उनका आमा शान्ता लिम्बू भने गम्भीर घाइते भएकी छन्।
वडाध्यक्ष लिम्बूका अनुसार आमा शान्ता आफ्नी छोरी निशालाई लिएर फक्ताङलुङ गाउँपालिका–३ लिङखिमस्थित तावातर्फ जाँदै थिइन्। उक्त क्रममा फुङलिङ–फक्ताङलुङको सिमानामा पर्ने सिस्ने खोलामा रहेको फड्के पुल पार गर्ने क्रममा उनीहरू खसेका थिए।
घटनास्थलमा नानीको मृत्यु भएको पुष्टि भएको छ भने आमा अहिले उपचार भइरहेको छ।