पाँचथर । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा आयमेली कवि बैरागी काईलाको ८७ औं जन्म उत्सव उनको जन्मघरमा मनाइएको छ। पाँचथरको फाल्गुनन्द–३ पौवा सारतापमा आइतबार आयोजित कार्यक्रममा कविको जन्मदिनको अवसरमा विभिन्न साहित्यिक तथा सांस्कृतिक गतिविधि सम्पन्न गरियो।
फाल्गुनन्द गाउँपालिका प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा काईलाको घर सरसफाइ, उनको व्यक्तित्व तथा कृतित्वमाथि विमर्श, रचना वाचन लगायतका कार्यक्रम भएका थिए। गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले काईलालाई नेपाली साहित्य जगतका मूर्धन्य स्रष्टा रहेको उल्लेख गरे।
जन्मोत्सवमा उपप्रमुख ठकुर नेम्बाङ, साहित्यकार तथा राजनीतिज्ञ नरेन्द्र कुमार केरुङ लगायतको उपस्थिति थियो।