पाँचथर । जडान भईरहेको नेपालमै लामो ७० मीटरको मोडुलर ब्रिज मेची राजमार्गको पाँचथरको हेवाखोलामा वारपार भएको छ । जेठ–३१ गते अन्तीम चरणमा पुगेको ब्रिज भाँचिएपछि पुनः जडान थालिएको थियो ।भारतीय प्राविधिक, कमदारले ब्रिजलाई फिदिम नगरपालिबाट हिलिहाङ गाउँपालिका टेकाएका थिए ।
यहि ब्रिज भाँचिदा तीन जना मजदुरको मृत्यु भएको थियो भने तीन जना घाईते भएका थिए ।आईतवार साझ ब्रिज वारपार भएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले जानकारी दिए । केही दिनमा बाँकि काम सकेर पुल सञ्चालनमा आउने भटराईले बताए ।
नेपाली प्राविधिकले काम अन्तीम चरणमा पुर्याउदा ब्रिज भाँचिएको थियो ।
भारतबाट लङचिङ किड्स, प्राविधिक टोलि झिकाएर ब्रिज जडान गरीएको हो । भारतसरकारले उपलब्ध गराएको ब्रिज नेपाल सरकारले जडान गरेको हो । यस अघि ब्रिज जडानका लागि ३ करोड ५० लाखमा ठेक्का लगाइएको थियो । २०८० असार–२ गते हेवामा पुल बाढीले बगाएको थियो । लगत्तै बनाइएको ५० मिटर लामो बेलिब्रिज २०८१ असोज–१२ गते बाढीले बगाएपछि ७० मीटर लामो मोडुलर ब्रिज जडान गर्ने काम अघि बढाइएको थियो ।