पाँचथर । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोलामा शनिवार बिहान देखि मोडुलर ब्रिज जडान गर्ने काम सुरु भएको छ । भारतबाट लङचिङ किड्स तथा प्राविधिक ल्याएर जडान सुरु गरिएको हो ।
जेठ–३१ गते जडानको अन्तिम चरणमा पुगेर भाँचिएको थियो । ब्रिज भाँचिदा तिन जनाको मृत्यु र तीन जना घाइते भएका थिए ।
यो पुल जडान गर्न २१ जना भारतिय प्राविधिक खटिने छन् । ‘प्राविधिक र सामाग्री ल्याएर पुनः जडान थालेका छौँ’ सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भटराईले भने ‘ प्रविधिकहरूले १५ देखि २० दिन सक्ने बताउनु भएको छ ।’
भाँचिएर बिग्रिएका २० प्रतिशत सामाग्री पनि ल्याइएको छ । ७० मिटर लामो मोडुलर ब्रिज जडान पुनः जडान गर्न थालिएको हाे । भारत सरकारले निःशुल्क ब्रिज उपलब्ध गराएपछि जडानको अन्तिम चरणमा भाँचिएको थियो । भारतीय इन्जिनियर ल्याएर जडान गरिएको थियो । तर यसपल्ट सबै जडान गर्ने प्राविधिक भारतीय छन् । मोडुलर ब्रिज जडान र संरचना निर्माणका लागि दोभान सुपर सौगात लाइट बिल्डर्सले ब्रिज बनाउन ३ करोड ५० लाखमा ठेक्का लिएको थियो ।
२०८० साल असार–२ गते हेवा खोलाको पुल बाढीले बगाएपछि राखिएको बेलिब्रिज पनि २०८१ साल असोजमा बगाएको थियो । अहिले गाडी चलाउन अस्थायी डाईसर्वसनको भर पर्नु परेको छ । यो डाईसर्बन पनि बाढीले बेला बेला बिगार्दा मेची राजमार्ग अवरुद्ध हुने गरेको छ । यो राजमार्गले पाँचथरका तीन पालिका र ताप्लेजुङ सडक सम्बन्धले जोड्छ ।