पाँचथर । फिदिम नगरपालिका–१ देखि १४ वडासम्मका ४८ जना युवा–युवतीले तीन महिनाको आधारभूत कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न गरेका छन्।
फिदिम नगरपालिकाको १ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोगमा र युनेस्को संघ हिलिहाङ, पाँचथरको प्राविधिक सहकार्यमा तालिम सञ्चालन गरिएको हो। सूचना प्रविधिमा युवाहरूको पहुँच बढाउने उद्देश्यले सञ्चालन गरिएको तालिमले सहभागीहरूलाई कम्प्युटरको आधारभूत ज्ञान र प्रयोगमा दक्ष बनाएको आयोजकहरूले जनाएका छन्।
समापन समारोहमा फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधाकृष्ण न्यौपाने, तालिम प्रशिक्षक, सञ्चारकर्मी तथा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगर प्रमुख काफ्लेले युवाहरूको क्षमता विकासमा यस्ता तालिमले सकारात्मक प्रभाव पार्ने भन्दै फिदिम नगरपालिकाले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई प्राथमिकता दिने बताए।