पाँचथर । पाँचथर जिल्ला प्रशासन कार्यालयले केही समयदेखि अवरुद्ध रहेको राहदानी सेवा आज साउन ७ गतेदेखि पुनः सुचारु गरिएको जनाएको छ।
प्रविधिगत समस्याका कारण २०८२ साउन ६ गतेदेखि राहदानी सेवा अवरुद्ध भएको थियो। समस्या समाधान भएसँगै आजदेखि सेवा सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ।
कार्यालयद्वारा सार्वजनिक गरिएको सूचनामा सेवा सुचारु भइसकेकाले राहदानी सेवासम्बन्धी कामका लागि सेवाग्राहीहरू नियमित रूपमा कार्यालयमा सम्पर्क राख्न सकिने उल्लेख गरिएको छ। कार्यालयले यसअघि सेवा बन्द भएको जानकारी गराएकाे थियो।





