पाँचथर– हेवा खोलाले बगाएर ल्याएको युवतीको पहिचान खुलेको छ । पाँचथरकाे फालेलुङ गाउँपालिका–७ कि २३ वर्षीय मनीषा आङ्बो रहेको पहिचान भएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए । काका पर्ने घरमा बस्दै आएकी उनी केही दिन देखि हराएको खुल्न आएको प्रहरीले जनाएको छ ।
सोमवार बिहान खोलाले बगाएर ल्याएको अवस्थामा हेवा खोलामा उनको उद्धार गरिएको थियो । पाँचथर जिल्ला अस्पताललाई उनलाई मृत घोषणा गरेको थियो ।




